के तपाईले गर्नुपर्ने काम गरिरहनुभएको छ ?

by


                                         “ हामी असल कामहरुका निम्ति... सृजना गरिएका उहाँका हातका सीप हौँ । ” एफिसी २ः १०

१ साउन, २०८२ । सफल व्यक्तिहरु कसरी वृद्धि हुन्छन् नामक आफ्नो पुस्तकमा नेतृत्व विज्ञ जोन म्याक्सवेलले तीन प्रकारका मानिसहरुको पहिचान गरेका छन् ।

१. त्यस्ता मानिसहरु जसलाई उनीहरु के गर्न चाहान्छन् भन्ने थाहा छैन.... उनीहरुमा उद्देश्यको बलियो भावना हुदैँन.. उनीहरु कुनै पनि काममा हलुका रुपमा हात हाल्छन् । उनीहरु यताउता बहकिन्छन् । केका लागि प्रयत्न गर्ने उनीहरुलाई थाहा छैन । म ठान्छु कि यसको मुख्य कारण उनीहरुले आफैलाई जति चिन्नुपर्ने थियो त्यसरी नचिन्नु र आफ्नो वृद्धिमा केन्द्रित नहुनु नै हो ।

२. त्यस्ता मानिसहरु जसलाई उनीहरु के गर्न चाहान्छन् भन्ने थाहा छ तर त्यो काम गर्दैनन् ... कहिलेकाहीँ उनीहरुले आफूले चाहेको काम गर्दैनन् किनभने उनीहरु चिन्ता गर्छन् कि यसले उनीहरुलाई अन्य जिम्मेवारीहरु बेवास्ता गर्ने बनाउनेछ जस्तै कि आफ्नो परिजारको लागि प्रबन्ध गर्ने । कहिलेकाहीँ उनीहरु सिक्न वृद्धि हुन र आफू जान चाहेको ठाँउमा पुग्नको लागि मूल्य चुकाउन इच्छुक हुँदैनन् । त्यसैगरी डरले पनि उनीहरुलाई आफ्नो लगावको कुरालाई पछ्याउनका लागि मार्ग परिवर्तन गर्नबाट रोक्छ । कारण जेसुकै भए तापनि उनीहरुले गर्न सक्ने काम गर्दैनन् ।

३. त्यस्ता मानिसहरु जसलाई आफूले गर्न चाहेको थाहा छ र त्यो काम गर्छन् ।

(यी मानिसहरुले धर्मशास्त्रको यो वचन पूरा गर्छन्। “हामी असल कामहरुका निम्ति ख्रीष्ट येशुमा सृजना गरिएका उहाँका हातका सीप हौँ । हामी तीबमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो ।” तेस्रो प्रकारको मानिसहरुले आफैलाई चिन्छन् उनीहरुका लगावको बलियो भावना हुन्छ उनीहरु उद्देश्यमा केन्द्रित हुन्छन् उनीहरु त्यस्ता क्षेत्रमा वृद्धि हुन्छन् जसले उनीहरुलाई सृजना गरिएको थियो । त्यस्ता व्यक्तिहरुलाई वर्णन गर्ने उत्तम शब्द पूर्ण हो । आफैलाई चिन्नु र आफ्नो क्षमतामा वृद्धि हुँदै जानु अलि जटिल कुरा हुन सक्छ । तपाईले आफ्नो क्षमताको पूर्णतामा वृद्धि हुन आफू को हुँ भन्ने कुरा जान्नुपर्छ तर तपाई को हो भन्ने जान्नका लागि तपाई वृद्धि हुनुपर्छ ।” यसको समाधान यही हो – परमेश्वरसँग समय बिताउनुहोस् र तपाईलाई निर्देशन गर्न उहाँलाई अनुमति दिनुहोस् ।

यसकारण तपाई जुन उद्देश्यको निम्ति बोलाउनुभएको छ त्यही अनुरुपका कार्यहरु गर्दै जानुहोस् । 

आत्मिक भोजनः लेवी १ देखि ४, मत्ती ४ः १२ देखि २५, भजन १०ः १ देखि ११, हितोपदेश १ः १० देखि १६ सम्म ।

आशाको सन्देश नेपालबाट प्रकाशित पुस्तिका आजको वचनबाट साभार


प्रतिक्रिया