६ असार २०८२, शनिबार । इसाई जीवन सधैं सहज हुँदैन। प्रभु येशू ख्रिष्टमा विश्वास गर्नेहरूले इतिहासभरि पीडा, अस्वीकृति र सतावटको सामना गर्दै आएका छन्। तर बाइबलले सिकाउँछ, सतावट हार होइन, विजयको बाटो हो। ख्रिष्टका अनुयायीहरूले सतावटको आँधीमा पनि विश्वास, आशा र परमेश्वरको सामर्थ्यमा विजय प्राप्त गर्न सक्छन्।
प्रभु
येशूले
भन्नुभयो, “यदि
संसारले तिमीहरूलाई घृणा
गर्दछ
भने,
तिमीहरूले जान,
कि
तिमीहरूलाई घृणा
गर्नुभन्दा पहिले
उसले
मलाई
घृणा
गरेको
हो।”
(युहन्ना १५:१८)। बाइबलले सतावटलाई लुकाउँदैन, बरु
खुलासा
गर्छ
कि
ख्रिष्टको अनुयायी हुनु
कहिलेकाहीँ संसारको विरोधमा उभिनु
हो।
प्रेरित पावल
लेख्छन्, “ख्रिष्ट येशूमा
भक्तिसाथ जीवन
बिताउन
चाहने
सबै
जना
सतावटमा पर्ने
नै
छन् (२
तिमोथी
३:१२)।” सतावट
अप्रत्याशित होइन;
यो
इसाई
यात्राको अभिन्न
अंग
हो।
पुरानो करारमा दानियलले परमेश्वरप्रति निष्ठा देखाउँदा सिंहको खोरमा हालिए। शद्रक, मेशक र अबेदनगोले मूर्तिपूजालाई अस्वीकार गर्दा ज्वालामय भट्टीको सजाय भोगे। तर यी सबैमा परमेश्वर उनीहरूसँगै हुनुहुन्थ्यो। सतावटले उनीहरूको विश्वासलाई कमजोर बनाएन, बरु परमेश्वरको महिमा उजागर गर्यो।
नयाँ करारमा प्रेरितहरूको जीवनले सतावट र विजयको गहिरो सम्बन्ध देखाउँछ। प्रेरितहरूले जेल, यातना र धम्कीको सामना गरे तर सुसमाचार प्रचार गर्न कहिल्यै रोकेनन्। जब पत्रुस र युहन्नालाई धार्मिक अगुवाहरूले रोक्न खोजे, उनीहरूले निर्भीकतापूर्वक भने, “हामीले देखेका र सुनेका कुराहरू हामी नबोल्न सक्दैनौं।” (प्रेरित ४:२०)। पावलको जीवन त झन् प्रेरणादायी छ । उनले कारागार, पत्थर प्रहार र जहाज डुब्ने जस्ता कष्टहरू भोगे, तर विश्वास गुमाएनन्। उनी लेख्छन्, “मलाई थाहा छ, मैले जसमाथि विश्वास गरेको छु।” (२ तिमोथी १:१२)।ईश्वरशास्त्रीय दृष्टिकोणले हेर्दा सतावट केवल दुःखद अनुभव होइन; यो ख्रिष्टसँगको ऐक्यताको चिन्ह हो। प्रेरित पत्रुस लेख्छन्, “तर कसैले ख्रिश्चियन भएको कारण दुःख भोग्दछ भने उसले लाज नमानेस्, बरु त्यही नाउँमा परमेश्वरलाई महिमा देओस्।” (१ पत्रुस ४:१३)। सतावटमा अडिग रहनु संसारका लागि शक्तिशाली साक्षी बन्छ—विश्वास केवल शब्द होइन, जीवन हो। विजयको स्रोत मानव शक्ति होइन, पवित्र आत्माको सामर्थ्य हो। येशूले भन्नुभयो, “धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।” (मत्ती ५:१०)। प्रेरितहरूले पवित्र आत्माको शक्तिमा साहसपूर्वक सुसमाचार प्रचार गरे। आज पनि आत्माले सतावटको समयमा हामीलाई स्थिरता र साहस दिन्छ।
नेपालजस्ता मुलुकमा, जहाँ
इसाईहरूले सामाजिक, सांस्कृतिक वा
कानुनी
सतावट
भोग्छन्, प्रेम,
क्षमा
र
सत्यको
जीवन
नै
विजयको
बाटो
हो।
हाम्रो
लडाइँ
“शरीर
र
रगतको
विरुद्ध होइन,
तर
प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध, र
स्वर्गीय स्थानहरूमा भएका
दुष्टता गर्ने
आत्मिक
सेनाहरूका विरुद्ध हो।”
(एफिसी
६:१२)। त्यसैले हाम्रो
प्रतिक्रिया प्रार्थना, परमेश्वरको वचन
र
आत्माको फलले
भरिएको
जीवन
हुनुपर्छ।
सतावट
इसाई
जीवनमा
दुर्भाग्य होइन,
यो
एउटा
अवसर
हो—परमेश्वरप्रति
निष्ठा
र
विश्वासको गवाही
दिने
अवसर।
येशूले
क्रुसमा विजय
प्राप्त गर्नुभयो, र
उहाँको
विजय
उहाँमा
विश्वास गर्ने
सबैको
हो।
पावलले
लेखे,
“होइन,
यी
सबै
कुरामा
हामीलाई प्रेम
गर्नुहुनेद्वारा हामी
विजेताहरूभन्दा पनि
अझ
बढी
छौं।”
(रोमी
८:३७)। त्यसैले सतावट
हार
होइन—ख्रिष्टमा जित हो, विजय
हो।