“जसरी परमेश्वरले........ तिमीहरुलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गर । ” ‐ एफिसी ४ः ३२
२४जेठ, काठमाडौं । यदि तपाईं सफा पाना र हलुका यात्राको साथ नयाँ वर्ष सुरु गर्न चाहानुहुन्छ भने तपाईलाई तल तानिरहेका पुराना सबै रिसराग र तिक्तता त्यागिदिनुहोस् । लेखक फिलिप यान्सीले क्षमालाई “अस्वाभाविक कार्य” भनी वर्णन गरेका छन् । उनी भन्छन् “डल्फिनले आफ्ना खेल्ने साथीहरुलाई खाएकोमा सार्कलाई क्षमा दिने डल्फिनहरु तपाईले फेला पार्न सक्नुहुन्न । यो कुकुरले कुकुरलाई टोक्ने संसार हो कुकुरले कुकुरलाई क्षमा दिने संसार होइन । यहाँ सफलताको लागि एसले अर्कोसँग कठोर प्रतिस्पर्धा साथै हानिसमेत गर्न तत्पर मानिसहरु रहने संसार हो... एकअर्कालाई क्षमा दिने मानिसहरुको होइन ।” तपाईलाई चोट लागेको छ भने तीतोपन र घृणा स्वाभाविक रुपमा आउँछन् । क्षमा गर्ने काम अलौकिक हो र यसका लागि परमेश्वरको अनुग्रह चाहिन्छ तर याद गर्नुहोस् येशूले भन्नुभयो “तिमीहरुले मानिसहरुका अपराध क्षमा गरेनौ भने तिमीहरुका पिताले तिमीहरुका अपराध क्षमा गर्नुहुने छैन” (मत्ती ६ः१५) ।
यसको बारेमा सोच्नुहोस् त ‐ परमेश्वरले हाम्रा पापहरु क्षमा गर्नुपर्ने त्यहाँ एउटै पनि कारण छैन तापनि उहाँले हामीलाई प्रत्येक दिनका लागि क्षमा गर्नुहुने अपराधहरु हामीले हाम्रा आमाबाबु, जीवनसाथी र साथीहरुलाई क्षमा गर्नुपर्ने अपराधहरुभन्दा धेरै ठूला छन् । बाइबलले भन्दछ “जसरी परमेश्वरले.... तिमीहरुलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाइ क्षमा गर ।” क्षमाले झ्यालखानाको ढोका खोल्छ जहाँ तपाईलाई कुनै समय भित्र रहेका व्यक्तिहरुबाट मात्र अलग गर्दैन यसले धेरै शारीरिक रोगहरु जन्माउने घातक इन्जाइमहरु उत्पादन गरेर तपाईको आयुसमेत छोट्याउँछ । एक मानिसले आफ्नो परामर्शदातालाई यसो भन्योे “मेरो विवाहमा मेरो भाइ आएहुन्थ्यो भन्ने म चाहान्छु तर हामीले वर्षौदेखि बोलचाल गरेका छैनौँ ।” ती परामर्शदाताले सोधे “किन त्यस्तो भयो ?” एकछिन रोकिएर त्यो मानिसले जवाफ दियो “अहिले यो हास्यास्पद सुनिन्छ तर मलाई याद पनि छैन !” सम्बन्धमा टाढा हुनु क्षमाहीनताको स्वाभाविक परिणम हो; क्षमाले टुटेको सम्बन्धलाई स्वस्थ बनाएर त्यस्तो दूरीलाई घटाउँछ । यो एउटा वैज्ञानिक तथ्य अनुुसार क्षमाले तपाईको जीवनमा वर्षहरु थप्छ । सामान्यतया जब तपाई असी वर्ष पार गरेका व्यक्तिहरुसँग कुरा गर्नुहुन्छ तपाईले पत्ता लगाउनुहुनेछ कि उनीहरु आफैंसँग शान्तिमा छन् किनभने उनीहरुले क्षमा गर्न र छोडिदिन सिकेका छन् ।
यसकारण आज सबैलाई क्षमा गरेर नयाँ जीवन सुरु गर्नुहोस् ।
आत्मिक भोजनः २ कोरिन्थी ५ः११ देखि २१ सम्म, एफिसी ४ः१७ देखि ३२ सम्म
आशाको सन्देश नेपालबाट प्रकाशित पुस्तिका आजको वचनबाट साभार