साउन ६ , मगंलबार, ललितपुर— मगंलबार नागरिक सरोकार नेपालद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ललितपुरको नख्खुस्थित एक सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक र नैतिक विषयहरूमा गम्भीर छलफल र अन्तरक्रिया गरिएको हो।
कार्यक्रमको सुरुआत संस्थाका कोषाध्यक्ष श्री पूर्ण रसाइलीले प्रारम्भिक प्रार्थनाबाट गर्नुभएको थियो। त्यसपछि कार्यकारी निर्देशक श्री जामेश वडले धर्मशास्त्रको सन्दर्भमा समलैंगिक सम्बन्ध, पारलैंगिकता र गर्भपतनसम्बन्धी धारणा स्पष्ट पार्नुभएको थियो।
कार्यक्रममा अधिवक्ता श्री प्रकाश नेपालीले समलैंगिक विवाह, पारलैंगिकता तथा गर्भपतन जस्ता संवेदनशील विषयहरूमा नेपालको कानुनी दृष्टिकोणबारे फरक मत राख्दै, यस्ता गतिविधिहरू समाजमा निरुत्साहित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। सचिव श्री विदुर अधिकारीले समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिन नहुने विषयमा विचार राख्नुभयो। बैठकमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा
सहभागिहरूले यस्ता विषयमा खुला संवाद आवश्यक रहेको विचार व्यक्त गरेका थिए।
संस्थाले नागरिकस्तरमा नैतिक र सामाजिक चेतना
बढाउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ।