२३ जेठ,२०८२ । "भिडलाई बिदा गरिसक्नुभएपछि उहाँ एक्लै प्रार्थना गर्न डाँडामा उक्लनुभयो ।" मत्ती १४ः २३
येशु मानव र परमेश्वर दुवै हुनुहुन्थ्यो । हामी उहाँलाई मानिसको पुत्रभन्दा परमेश्वरको पुत्रको रूपमा मात्रै विचार गर्ने प्रवृत्ति भएको कारण उहाँको मानवीय अनुभवबाट के सिक्न सकिन्छ भन्ने कुरा हामी बेवास्ता गर्छौ । जब येशुले आश्चर्यजनक रूपमा पाँच हजार मानिसहरूलाई खुवाउनुभयो, उहाँको इश्वरीय शक्ति र विशेषाधिकारहरु प्रदर्शित भएका थिए (मत्ती १४ः१३ देखि २१) । तथापि त्यही घटनापछि उहाँको मानवीय पक्ष हाम्रोजस्तै रहेको कुरा हामी देख्छौँ । भिडलाई पठाएर र चेलाहरूलाई बिदा गरिसकेपछि येशु परमेश्वरसँग एक्लै हुनको लागि डाँडाको एकान्त ठाउँमा जानुभयो । यस्तो आश्चर्यकर्मपछि हामीमध्ये धेरैले उत्सव मनाउने थियौँ । हाम्रा वरपरका मानिसहरूलाई उहाँले तिनीहरूलाई किन पठाउनुभयो भनेर बुझ्न कठिन हुनेछ । तर येशुले बुझ्नुभयो कि उहाँको शक्ति भिडबाट होइन तर उहाँका पिताबाट आएको हो। त्यसैले पितासँग एक्लै रहनको लागि उहाँले एकान्त समय निकाल्नुभयो। आफ्ना पितासँग येशुको सम्बन्ध भनेको तपाईंले पनि परमेश्वरसँग राख्न सक्नुहुने सम्बन्धको चित्र हो । तीन वटा कुराले यसलाई वर्णन गर्छन् ।
१. घनिष्ठताः “किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ ।” (युहन्ना ५ः२०)
२. निर्भरताः “पुत्र आफैले केही गर्न सक्दैन तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यसै गर्छ ” (पद १९) ।
३. आज्ञाकारिताः “म आफै केही गर्न सक्दिन... म आफ्नो इच्छा खोज्दिनँ तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु ” (पद ३०) । प्रभुसँग यस्तो सम्बन्ध राख्नको लागि तपाईले के कुरालाई पन्छाउनुपर्छ ?
आज परमेश्वरसँग घनिष्ठतामा रहन तपाईले एकान्त समय निकाल्नुहोस् ।
आत्मिक भोजनः १ थेसलानिकी १ देखि ५ , मत्ती ३ः१३ देखि १७ , भजन ९०:१ देखि ६, हितोपदेश १ः१ देखि ४ सम्म